कपिलवस्तु । वेवारिसे अवस्थामा रहेको करिब तीन लाख रुपैयाँ बराबरको विभिन्न पटाका प्रहरीले बरामद गरेको छ । मायादेबी गाउँपालिका–४ ठाकुरापुरबाट बुधबार राति सो रकम बराबरको पटका बरामद गरेको हो ।

उक्त स्थानमा खटिएको गस्ती प्रहरी टोलीले नेपाल भारत सिमाना नजिक सात वटा झोला रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।