काठमाडौं, वैशाख ३१
सेवाग्राहीसँग बढी शुल्क लिएको ठमेलस्थित मनमोहन मेमोरियल अस्पताल कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा मंगलबार उक्त अस्पताललाई कारबाही गरेको हो । सोमबार नर्भिक अस्पतालसँग विभागले ठगीको आरोपमा स्पष्टीकरण सोधेको थियो । अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।
अस्पतालले नौ सय रुपैयाँमा हुनुपर्ने सेवाको एक हजार छ सय लिएको भेटेपछि कारवाही गरिएको हो । लकडाउनका कारण अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको भन्दै स्वास्थ्यकर्मीका साथमा अनुगमन गर्दै आएको छ । त्यस्तै मंगलबार नै मीनभवनस्थित मीनभवन औषधि पसललाई बढी मूल्य लिएको भन्दै दुई लाख जरिवाना गरेको छ ।