काठमाडौं । भिन्नाभिन्नै ठाउँमा आगलागीबाट विभिन्न धनमाल नष्ट भएको छ । इलाम र नवलपरासीमा गरी दुई स्थानमा घर र स्काइभेटरमा आगलागी हुँदा लाखौंको क्षती भएको छ ।
ईलाम, माङसेबुङ गाउँपालिका–३ सालघारी बस्ने सोही गाउँपालिका–५ घर भएका अदबसिङ राईको घरसँगै रहेको भान्सा कोठामा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब पाँच लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–१६ कुकुरमारास्थित खेतको माटो निकाल्न राखेको बर्दघाट नगरपालिका–१ जिमिरेभार बस्ने सतिष हरिजनको लु.१ क ४६९६ नम्बरको स्काइभेटरमा बुधबार राति आगलागी हुँदा स्काइभेटर आंशिकरूपमा जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । साथै, प्रहरीले यि दुबै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।