काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) को बिक्री आह्वान गरेको छ । संस्थाले यही कात्तिक २१ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ७८ लाख ४५ हजार एक सय रुपैयाँ बराबरको एक लाख ७८ हजार चार सय ५१ रुपैयाँ १८ पैसा बराबरको एफपीओको बिक्री आह्वान गरेको हो ।
एफपीओको बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल लि. रहेको छ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको एफपीओ खरिद गर्नका लागि आवेदन दिन सक्नेछन् । संस्थाको एफपीओको खरिद बिक्री कार्य छिटोमा यही कात्र्तिक २४ गते र ढिलोमा भदौ पाँच गते बन्द हुनेछ ।
लघुवित्तले एफपीओ निष्कासनका लागि २०७८ चैत २५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । संस्थाको हाल चुक्ता पुँजी २२ करोड ९० लाख रुपैंयाँ रहेको छ ।