काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २१ करोड २४ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २९ करोड ८५ लाख ७७ हजार रुपैयाँ थियो ।
चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ८२ करोड ३३ लाख ८९ हजार रुपैैयाँ निक्ष्ोप संकलन गरी १८ अर्ब ९३ करोड ३९ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७० करोड १५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३९ करोड ५६ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ८१ करोड छ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।