मध्यराति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परि दुई जिल्ला जाजरकोट र रुकुम पश्चिममा गरि ८० जनाले ज्यान गुमाएको प्रहरीले बताएको छ भने करिब १ सय४० जना घाईते भएका छन् । प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गुमाएको पुष्टि भएको छ । मृत्यु भएकाहरुमा भेरी नगरपालिकाका ३०,नलगाडा नगरपालिकाका ६,कुशे गाउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेका छन् । त्यस्तै अर्को जिल्ला रुकुम पश्चिममा पनि भूकम्पमा परि अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिकामा ३६ जना र सानोभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको छ भने रुकुम पश्चिममा मात्र ८५ जना घाइते भएका छन् । घाईतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्यको जिल्ला अस्पताल चौरजहारी र जिल्लाका अन्य स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । त्यस्तै अर्को जिल्ला जाजरकोटमा पनि भूकम्पमा परि ५५ जना घाईते भएको विवरण पाईएको छ । घाईतमध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले उनीहरुलाई प्रादेशीक अस्पताल सुर्खेत भठाईएको छ भने बाँकीको उपचार जिल्लाका बिभिन्न अस्पतालमा उपचार गरिएको छ । भूकम्पले प्रभाब पारेका देशका बिभिन्न जिल्लाहरुमा तीनवटै सुरक्षा निकायको सक्रियतामा घाईतेहरुको उद्धार भइरहेको छ । भूकम्पले गर्दा मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जादा सडक अवरुद्ध भएको छ भने रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई ठाउँमा पहिरो जाँदा अबरुद्ध भएको छ । भूकम्पको थप क्षतीको विवरण आउन बाँकी रहेको छ ।