काठमाडौं,नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । ज्ञवलीले प्रहरी सेवामा प्रवेश गर्दा अयोग्य हुँदाहुँदै पनि उमेर ढाँटेर प्रवेश गरेको भन्दै उनलाई कारबाही गर्न माग गर्दै शेरबहादुर चन्दले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवश्यक कारबाही प्रक्रिया अढि बढाउन अनुरोध गरेका छन् ।