काठमाडौं । खल्तीबाट फोन–पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा ५० हजार रुपैयाँ जित्न सकिने भएको छ । चाडपर्वको माहोललाई मध्यनजर राख्दै खल्तीले आफ्ना प्रयोगकर्ताका लागि स्क्यानमार्फत हुने भुक्तानमा उपहार उपलब्ध गराउने योजना ल्याएको हो । योजनाअनुसार फोन–पे क्युआर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले ५० हजार रूपैयाँ, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् भने खल्ती मर्चेन्टले स्मार्टवाच साथै एक सय रूपैयाँ बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन् ।
अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोन–पे क्युआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ भने खल्ती मर्चेन्टले फोन–पे क्युआर स्क्यानमार्फत भुक्तानी लिएर सहभागी हुनेछन् । उपहारस्वरूप खल्ती ग्राहकमध्ये हरेक महिना दुई भाग्यशाली विजेताले ५० हजार रूपैयाँ जित्नेछन् र हरेक हप्ता १५ जना खल्ती प्रोको विजेता बन्न सक्नेछन् । त्यसैगरी खल्ती मर्चेन्टबाट भने हरेक हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्ने बताइएको छ । साथै, पहिलोपल्ट भुक्तानी लिँदा एक सय रूपैयाँ बोनस पनि प्राप्त गर्नेछन् ।
अफरको बारेमा खल्तीका सीईओ विनय खड्का भने, ’अहिले चाडपर्वको माहोलमा हामीले डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्नका लागि यस्ता आकर्षक अफर उपलब्ध गराएका छौँ । यस अफरबाट हाम्रा प्रयोगकर्ता, एजेन्ट्स र क्युआर मर्चेन्टले भरपुर फाइदा लिन सक्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ । खल्तीमा देशभरका ३१ लाखभन्दा बढी प्रयोगकर्ताहरू, एक लाखभन्दा बढी एजेन्ट, ६० हजारभन्दा मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, एक हजार पाँच सयभन्दा बढी सहकारीहरू र तीन सयभन्दा बढी कर्मचारीको परिवारमा रूपान्तरण भएको छ । सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पु-याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।