काठमाडौं । टेक स्टुडियो प्रालिले एक्युफिट स्मार्टवाचको हरेक खरिदमा निःशुल्क मोबाइल फोन पाइने अफर सार्वजनिक गरेको छ । कम्पनीले तिहारका लागि यो विशेष योजना घोषणा गरेको हो ।
यस योजनाले प्रत्येक मोडेल एक्युफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन प्रदान गर्ने कम्पनीको भनाइ छ । यो योजनाका लागि एक्युफिट डब्लु१६, एक्युफिट डब्लु १८ (म्याक्स जीटी) र एक्युफिट डब्लु २० (कस्मिक प्लस) मोडलहरू चयन गरिएको छ । यी स्मार्टवाचहरूको प्रस्ताव मूल्य क्रमशः तीन हजार नौ सय ९९, चार हजार नौ ९९ र छ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार एक्युफिट डब्लु १६ को खरिदसँग, केजीटेल १०५ मोबाइल फोन निःशुल्क प्रस्ताव गरिएको छ ।
यसैगरी एक्युफिट डब्लु १८ (म्याक्स जीटी) को खरिदमा केजीटेल १०६ मोबाइल फोन निःशुल्क र केजीटेल दुई सय ४३ मोबाइल फोन एक्युफिट डब्लु २० (कस्मिक प्लस) को खरिदमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः एक हजार पाँच सय, एक हजार आठ सय र दुई हजार रुपैयाँ तोकिएको छ । यो योजना बुधबारदेखि सुरु भएको र कात्तिक २४ गतेसम्म मात्र मान्य हुने जनाएको छ ।