दोलखा,युवा संजाल जिरी र जिरी नगरपालिकाको समन्वयमा आयोजना गरिएको जिरी च्याम्पियनसिप २०८० अन्तर्गतको बागमती प्रदेश अंतरपालिका स्तरीय खुल्ला पुरुष भलिबल खेलमा भरतपुर महानगरपालिका जिरी च्याम्पियनसिप २०८०को पहिलो उपाधी हातपार्न सफल भएको छ ।
मकपानपुरको थाहा नगरपालिकालाई पराजित गर्दै भरतपुर महानगरपालिकाविजयी भएको हो । यो सँँगै थाहा नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ । यसैगरी तृतीय रामेछापको गोकुलगंगा गाउँपालिका हुँदा सान्त्वना स्थान लिखु तामाकोशी गाउँपालिकाले लिन सफल भएको छ ।
विजेताहरुलाई आजै पुरस्कार वितरण गरिएको छ ।बागमती प्रदेशका विभिन्न जिल्लाबाट प्रतियोगितामा १७ वटा टिम सहभागीबनेका थिए भने।खेलमा आयोजक जिल्लाका सबै टिम क्वाटरफाइनलबाटै बाहिरिएका थिए ।
खेलमा प्रथम पुरस्कार राशि नगद एक लाख ५१ हजार रुपैयाँ रहेको थियो भने,द्वितिय एक लाख १ हजार, तृतिय ५१ हजार र सान्त्वना पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ । विजयी खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य गंगा कार्कीले पुरस्कार वितरण गरेका थिए।