काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नैं सेयर बजार परिसुचक (नेप्से) ओरालो लागेको छ । नेप्से आज २१ दशमलव ४६ अंकले ओरालो लागेर १८ सय २६ दशमलव २३ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३९ हजार तीन सय २२ पटकको कारोबारमा ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।