सामाजिक सञ्जालको बहुचर्चित एप टिकटकलाई नेपाल सरकारले त्यसमा प्रसारण र प्रकाशन हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन टिकटकलाई आग्रह गरेको छ । टिकटक दूरुपयोग गरेर हालिने त्यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको गृह मन्त्रालयले बताएको छ । नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी र सिंगापुरस्थित टिकटकको कार्यलयबीच सहकार्य बढाउने सहमति पनि भएको छ ।