काठमाडौं, वैशाख ३१
महालक्ष्मी विकास बैंकले ऋणीहरूलाई ब्याजमा १० प्रतिशत छुुट दिएको छ । बैंकका अनुुसार हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारणले उत्पन्न असहज परिस्थितिमा नेपाल राष्ट्र बैंकले यही चैत १६ गते जारी गरेको निर्देशनबमोजिम २०७६ चैत्र महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरूमध्ये चैत्र मसान्तभित्रमा भुक्तानी भएका किस्ताहरूको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गरिएको हो ।
ग्राहकहरूले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा ब्याज रकमको १० प्रतिशत छुटबाट हुन आउने ब्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय दुुईवटा शाखा तथा ३५ वटा एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब पाँच लाखभन्दा बढी रहेको छ ।