काठमाडौँ । नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आग्रह गरेका छन् ।
काठमाडौँमा दुई दिनसम्म चल्ने एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा ३७ औँ सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । उनले हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको धारणा व्यक्त गरे ।
पौडेलले शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गरे ।