काठमाडौं । भीजी फाउन्डेसनले भूकम्पपीडितहरूका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विशाल ग्रुपअन्तर्गतको यस भीजी फाउन्डेसनले प्रधामन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ सो रकम प्रदान गर्ने जनाएको हो ।

गत शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पु¥याएको मानवीय तथा संरचनागत क्षतिले अत्यन्त मर्माहित तुल्याएको कम्पनीले उल्लेख गरेको छ ।