काठमाडौं । नेपाल उद्योग परिसंघले भूकम्प प्रभावितहरूलाई सहयोग गर्न उद्योगी व्यवसायीहरूसँग अपिल गरेको छ । शुक्रबार राति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै परिसंघले प्रभावित नागरिकहरूलाई राहत एवम् पुनस्र्थापनाका लागि आवश्यक सहयोग गर्न अपिल गरेको हो ।
परिसंघको आइतबार भएको पदाधिकारी बैठकले प्रभावित नागरिकहरूको राहत, उपचार एवम् पुनस्र्थापना कार्यलाई तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारसँग आग्रह समेत गरेको छ । यस्तै, परिसंघले भूकम्प प्रभावित नागरिकहरूलाई आफ्नोतर्फबाट सहयोग एवम् राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।