चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने औपचारिक भ्रमणमा बुधबार नेपाल आउँने भएका छन् । उनको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने बुझिएको छ ।