कोलम्बो । श्रीलंकाको पुनरावेदन अदालतले मंगलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको छ । साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्काशित अधिकारीहरूलाई पुनर्बहाली गरेको छ । सोमबार श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र एउटा अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिंघेको कदमलाई चुनौती दिँदै बोर्डका अध्यक्ष शम्मी सिल्भाले दायर गरेको निवेदनलाई अदालतले स्वीकार गरेको छ । ‘अदालतले मुद्दाको पुनः सुनुवाइ नगरेसम्म बोर्डको पुनस्र्थापना दुई साताका लागि हो’, अदालतका एक अधिकारीले भने ।
अदालतले पूर्वकप्तान अर्जुना रणतुंगाको अध्यक्षताको अन्तरिम समितिलाई कार्यालयमा निरन्तरता दिन रोक लगाउने आदेश प्राप्त गरेपछि सिल्भा काममा फर्किनुहुने बोर्डका अधिकारीहरूले बताएका छन् । रासस