पोखरा । दुई चिनियाँ जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर आइपुगेका छन् । २८ करोड बराबरको सामान राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज अवतरण भएको हो ।