काठमाडौं । काठमाडौंको माइतीघरमा आरती साहलाई न्याय दिन माग गर्दै उनको माइती पक्षले धर्ना जारी राखेका छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत बुधबारको धर्नामा सहभागी भएका छन् ।
साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा बसेको छ ।
साहका बुवा विनोदप्रसाद साहलाई गृह मन्त्रालयले पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरे पपिन सरकार र आरती पक्षबीच वार्ता हुन सकेको छैन ।