काठमाडौँ । यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्थगित गरेका छन् ।
यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा दुवईमा आयोजना हुन लागेको १८औँ दुबइ एयरशो, २०२३ मा भाग लिन उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो ।
जाजरकोटमा यहि कात्तिक १७ गते शुक्रबार राति भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गरेको रक्षामन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।