काठमाडौं : भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका जर्नेल ताराध्वज पाण्डेको जन्ममिति विवाद चर्किदै गएपछि सैनिक मुख्यालयका वरिष्ठतम जर्नेलहरुको निदहराम हुन पुगेको छ । भावी प्रधानसेनापतिका रुपमा बढुवा गरिएका जर्नेल पाण्डेको बढुवालाई सरकारले अनुमोदन गनुृअघि नै जन्ममिति विवाद छताछुल्ल भएको थियो र पाण्डेको जन्ममिति विवाद छताछुल्ल भएपछि उनीपछिका वरिष्ठ जर्नेलहरुको पनि निदहराम हुन थालको छ । उनी पछि जर्नेल अशोक सिग्देल निर्मल थापा र सन्तोष ढकालहरुको रोलक्रम रहेको बुझिएको छ ।