काठमाडौं । विद्युतीय सवारी साधनको उत्पादक कम्पनी सेरेसले नेपालमा सेरेस थ्रीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो सोमा शुभारम्भ गरिएको सेरेस थ्रीको नेपाली बजारमा उत्साहजनक माग भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पर्यावरणमैत्री डिजाइन, बलियो निर्माण गुणस्तर र प्रभावशाली दायराका साथ सेरेस थ्रीले दिगो यातायातको क्षेत्रमा महत्वपूर्ण छलाङ मारेको छ । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रूत गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । यसले विद्युतीय सवारी साधनमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ ।