झापा । जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ झापा जिल्ला कारागारका कैदीबन्दीले आधा दिनको सिदा रकम प्रदान गरेका छन् ।
कारागार प्रमुख मोहन पनेरुले कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा शुक्रबार रु. ५८ हजार ६ सय ८५ जम्मा गरिएको बताए । कैदीबन्दीले दैनिक सिदाबापत पाएको रु. ८० मध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग गरेको हो । झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् ।
यसैगरी, भूकम्पपीडितको सहयोगार्थ रु. पाँच लाख विर्तामोड नगरपालिकाले सहयोग गरेको छ । नगरप्रमुख पवित्रा महतराले नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको बताइन् ।