काठमाडौं, जेठ १
सप्तकोशी डेभलपमेन्ट बैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड २३ लाख ३४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई करोड ४९ लाख ९० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७८ करोड ७१ लाख ११ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ८९ करोड ८७ लाख ३८ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ८८ करोड ८७ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १६ करोड ८२ लाख ४७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले दुुई अर्ब ५६ करोड १८ लाख छ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५३ करोड ४१ लाख ३३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ४८ लाख ४७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।