अमेरिका, जेठ १ चर्चित सामाजिक संजाल ट्विटरले आफ्ना कर्मचारीलाई अरु बेला पनि घरबाटै काम गर्न दिने भएको छ । ट्विटरका अधिकांश कर्मचारी विश्व महामारी कोरोनाभाइरसका कारण अहिले घरैबाट काम गरिरहेका छन् । मंगलबार आफ्ना कम्पनीका कर्मचारीहरुलाई ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले जीवनभर घरैबाट काम गर्न दिने बताएका हुन् । ट्विटरका प्रवक्ताले पनि यस विषयलाई पुष्टि गरेको द गार्जियनले उल्लेख गरेको छ । कोरोना भाइरसको प्रकोपसँगै विगत २–३ महिनायता ट्विटरले आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न दिइरहेको छ । यतिबेला भने ट्विटरले कर्मचारीले जीवनभर घरैबाट काम गर्न दिने सुविधा प्रदान गरेको हो ।