काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १० लाख ८६ हजार छ सय २६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ७२ लाख ८३ हजार नौ सय रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार एक सय ३० रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा ९७ करोड आठ लाख ९८ हजार पाँच सय ४७ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५८ करोड ४४ लाख १२ हजार दुई सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ५३ लाख ११ हजार तीन सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने एक करोड ६२ लाख नौ सय १० रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव ५५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९९ करोड ४० लाख २६ हजार एक सय ३९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४३ करोड ७७ लाख १३ हजार सात सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६५ लाख १६ हजार एक सय १९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव १३ प्रतिशत रहेको थियो ।