काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेख हस्तान्तरण गरेको छ । कम्पनीबाट कात्तिक २९ मा ५० लाख बराबरको बीमालेख खरिद गरेका प्रदीप ज्ञवालीको यही वैशाख २४ गते दुर्घटनाबाट मृत्यु भएकोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले यही कात्तिक १९ मा मृतककी आमा श्रीमती टीकाकुमारी घिमिरेलाई एक करोड दुई लाखको मृत्यु दाबी भुक्तानी गरेको हो ।
दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैँडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडाध्यक्ष विनोदकुमार मल्ल, एजेन्सी म्यानेजर नवराज पौडेल, लीलाधर कँडेललगायत ज्ञवालीको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको कम्पनीले जानकारी दिएको छ ।