गाजा । इजरायलले उत्तरी गाजापट्टीको एक विद्यालयमा बमबारी गर्दा कम्तीमा एक सय जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी स्वास्थ्य स्रोतले जनाएको छ ।
जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणपछि कम्तीमा एक सय जनाको शव इन्डोनेसियाली अस्पतालमा सारिएको छ । स्रोतका अनुसार विद्यालयभित्रबाट शवहरु निरन्तर फेला परिरहेको र ठूलो संख्यामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।
यसैबीच प्रत्यक्षदर्शीका अनुसार उक्त विद्यालयमा सयौँ विस्थापितहरू बसिरहेका र इजरायली सेनाको तीव्र हवाई आक्रमणमा परी उनीहरूको हताहत भएको छ । रासस