वासिङ्टन डीसी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेन दुई देशबीच सैन्य सम्पर्क पुनस्र्थापना गर्न राजी भएका छन् । दुवै देश उच्चस्तरीय सैन्य सञ्चार पुनस्र्थापना गर्न सहमत भएका हुन् ।
चिनियाँ राष्ट्रपति सीसँग चार घण्टा लामो शिखर वार्ता गरेपछि पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले आफूहरू ‘प्रत्यक्ष, खुला र स्पष्ट’ सञ्चारमा फर्किएको बताएका छन् । उनले सीसँगको वार्ता अहिलेसम्मकै उपलब्धिमूलक भएको पनि बताए ।
वार्तामा चिनियाँ राष्ट्रपति सीले आफ्नो देशलाई दबाउने वा नियन्त्रण गर्ने कुनै योजना नबनाउन अमेरिकालाई आग्रह गरेका थिए । उतले ताइवानलाई हतियार आपूर्ति बन्द गरी चीनसँग शान्तिपूर्ण एकीकरणका लागि सहयोग गर्न आग्रह समेत गरे ।
वार्तामा बाइडेन र सीबीच ‘फेन्टानिल’ नामक औषधिको उत्पादन रोक्ने कदम चाल्न पनि सहमति भएको छ ।