काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही कात्तिक ३० गते बसेको सञ्चालक समितिको चार सय ५० औँ बैठकले यही मंसिर २४ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ३७ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारणसभामार्फत बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।