काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २५ लाख ४४ हजार चार सय ६३ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २८ लाख ६८ हजार सात सय ४४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार चार सय नौ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ४२ करोड ८५ लाख ७३ हजार आठ सय ८२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५७ करोड ७३ लाख ६० हजार छ सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ५९ लाख नौ हजार ७९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने १० लाख ५८ हजार छ सय ९१ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ४६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६४ करोड ९३ लाख ९२ हजार दुई सय ३३ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १९ करोड ६५ लाख २६ हजार दुई रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।