काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड २१ लाख १९ हजार छ सय ७६ रुपैँयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले चार करोड तीन लाख ५३ हजार सात सय २९ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार चार सय ६७ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ३४ करोड ३८ लाख ५१ हजार छ सय ९५ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३३ करोड ६९ लाख ७२ हजार आठ सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड आठ लाख ५८ हजार नौ सय ५२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भनी पाँच करोड ४८ लाख ५९ हजार दुई सय ८३ रुपैयाँले ऋणात्मक रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव शून्य दुई प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३४ करोड ७३ लाख ८५ हजार आठ सय ५७ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २१ करोड ४३ लाख ९० हजार तीन सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड तीन लाख ५३ हजार सात सय २९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर दुई दशमलव ६७ प्रतिशत रहेको थियो ।