काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ऋणात्मक देखिएको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड नौ लाख ७३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ३९ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा ७० करोड ९५ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८२ करोड ६५ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७७ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव २२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ६७ करोड २६ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४३ करोड ४४ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड २३ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो ।