काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड आठ लाख ८१ हजार नौ सय ३६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ५९ लाख ९९ हजार सात सय ५८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ४६ करोड ४३ लाख ६५ हजार ८४ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६० करोड ९१ लाख ७३ हजार आठ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड २० लाख ३६ हजार एक सय ३२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा ७१ लाख ५३ हजार ८३ रुपैयाँले ऋणात्मक रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ४२ करोड ९३ लाख ९४ हजार नौ सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३० करोड २१ लाख ९६ हजार पाँच सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड २३ लाख ३२ हजार आठ सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।