गाजा । मध्य गाजाको अल–बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि यूएन रिलिफ एन्ड वक्र्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सो आक्रमणमा दर्जनौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । इजरायली तोपखानाले हजारौँ विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिका सहित १२ प्यालेस्टिनीहरूलाई मारेको मन्त्रालयले जनाएको छ ।
विद्यालयमा संयुक्त राष्ट्रसंघको फहराइएको भए पनि इजरायली सेनाले गाजाका विभिन्न यस्ता विद्यालयमा आक्रमण गरेको सञ्चार माध्यमले जनाएका छन् ।