काठमाडौं । आईसीएफसी फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९३ लाख ७७ हजार एक सय १८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड ३४ लाख ५८ हजार सात सय ६९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख ७० हजार नौ सय ६० रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा १४ अर्ब ९३ करोड ९८ लाख ८८ हजार छ सय नौ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ४९ करोड २० लाख ३५ हजार तीन सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ६८ लाख ६६ हजार चार सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ४९ लाख ४३ हजार एक सय २३ रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १५ अर्ब ९८ करोड ६८ लाख १३ हजार नौ सय ७८ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ७६ करोड ८१ लाख २३ हजार दुई सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ८८ लाख ४९ हाजार आठ सय चार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ८९ प्रतिशत रहेको थियो ।