काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६६ लाख ८८ हजार आठ सय ७० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २५ लाख ८५ हजार आठ सय ५० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी तीन करोड रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ९१ लाख ६३ हजार पाँच सय ३० रुपैयाँ निक्षेप संकलन गरी १८ करोड ९५ लाख ४२ हजार चार सय रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४९ लाख ४९ हजार तीन सय ५० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६६ लाख ८७ हजार तीन सय ९० रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले चार करोड ७७ लाख ५४ हजार दुई सय ४० रुपैयाँ निक्षेप संकलन गरी १९ करोड ४७ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० लाख आठ हजार चार सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३२ लाख ८७ हजार आठ सय ३० रुपैयाँ रहेको थियो ।