काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सुरु भएको छ । जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गरी आदेश हुने छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई भुटान पठाउने अभियोगमा जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित थुनामा रहेका २२ अभियुक्तले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका छन् ।
उच्च अदालत पाटनले यसअघि नै काठमाडौं जिल्ला अदालतबाट कैफियत प्रतिवेदन झिकाइसकेको र उक्त मुद्दामा न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले २३ कात्तिकमा इजलासबाटै मंसिर ५ को पेसी तोकेको थियो ।