काठमाडौँ । बिहीबार राजधानीको बल्खुमा व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ । युवासंघका कार्यकर्तासँग प्रदर्शनका क्रममा जम्काभेट हुँदा दुई पक्षीय झडप भएर सो क्रममा ढुंगा हानाहानको अवस्था निम्तिएको हो ।
शंख बजाउँदै हिन्दुराष्ट्रको पक्षमा नारा घन्काएका हिन्दुवादी र राजवादीहरुसहितको प्रर्दशनमा सहभागीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् । उनीहरुले प्रचण्ड नेतृत्वको सरकारका साथै एमालेविरुद्ध मुर्दावादको नारा लगाउँदै हिन्दुराष्ट्र जिन्दावादको नारा लगाएका छन् । प्रदर्शनमा राष्ट्रिय झण्डा प्रयोग गरि प्रसाईँका समर्थकहरु बल्खुमा भेला हुने क्रम जारी छ।