काठमाडौं । सिद्धार्थ बैंकको लाभांश पारित भएको छ । बैंकको मंगलबार सम्पन्न भएको २२ औं वार्षिक साधारणसभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको सभाले हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार रुपैयाँमध्येबाट चार दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सोअनुसार सिद्धार्थ बैंकका सेयरधनीहरूले कुल ५९ करोड ३१ लाख ८८ हजार एक सय ६६ रुपैयाँ नगद लाभांश पाउने भएका छन् ।