काठमाडौं । अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कस प्रालि आय वर्ष २०७८/७९ का लागि करदाताहरूमध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मालाई सम्मान–पत्र प्रदान गरेको कम्पनीले जनाएको छ ।