काठमाडौ : -याफ्टिङ एण्ड क्यानोइङ संघको अध्यक्षमा राजीव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको शनिवार सम्पन्न साधारण सभाले श्रेष्ठलाई निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो । साधारणसभालेसूर्य प्रताप जोशीलाई वरिष्ठ उपाध्यक्ष, महेन्द्र थापा र गोविन्द थपलियालाई उपाध्यक्ष, महासचिवमा सुदिपराज गौतम सचिवमा सुनिल अर्याल तथा कोषाध्यक्षमा महेश थापा लगाएतलाई निर्वाचित गरेको छ ।