काठमाडौँ । गाजास्थित हमास समूहले कब्जामा लिएकालाई पहिलो पटक शुक्रवार १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । त्यस्तै दोस्रो पटक १७ जनालाई रिहा गरेको हो ।
इजरायलसँग नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्दा पनि जोशी भने दुई पटकको रिहाइमा पर्न सकेका छैनन् । राजदूत कान्ता रिजालले जोशीको कहिले रिहाइ हुन्छ भन्ने विषयमा आफूहरूलाई जानकारी नहुने बताइन् । रिहा हुने केही समय अगाडि मात्रै जानकारी गराइने उनले बताइन् ।
दुई दिने नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो । जोशीको रिहाइको लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ ।