काठमाडौं । सेयर बजार परिसुचक पुन १९ सय बिन्दुमा उक्लिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ४७ दशमलव ७५ अंकले उकालो लागेर १९ सय सात दशमलव ९५ बिन्दुमा उक्लिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८३ अंकले उकालो लागेर तीन सय ६४ दशमलव ८१ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९४ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएका छन् । जसबाट ६६ हजार पाँच सय १६ पटकको कारोबारमा ६५ लाख ३० हजार छ सय ४३ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीको आधारमा आज कुल कारोबार रकम दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।