धनकुटा । धनकुटा नगरपालिकाले आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा सोमबार र मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको जानकारी दिए । आठपहरियाहरुले १५ दिनसम्म धुमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन् ।