धनगढी । अपराधिक पृष्ठभूमि भएका धनगढीका शेख मुनिर अहमद गाडी कब्जा गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा मुनिरलाई पक्राउ गरिएको जानकारी दिए ।
एसपी पालले जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेका मुनिरलाई आइतबार पक्राउ गरि नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको बताए ।
प्रहरीले आइतबार पक्राउ गरेपछि पीडीतहरुबाट किटानी जाहेरी माग गर्ने तयारी गरेको छ । मुनिरविरुद्ध प्रहरीमा मिटरव्याज, जग्गा हडपेको, ठगीलगायतका मुद्दा परे पनि उनी अहिलेसम्म प्रहरी नियन्त्रणबाट बाहिरै रहेका थिए ।