काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ४८ अंकले बढेर १९ सय बिन्दुमा चढेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार ११ दशमलव २७ अंकले ओरालो लागेर १८ सय ९६ दशमलव ६७ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव १२ अंकले आरालो लागेर तीन सय ६२ दशमलव ६९ बिन्दुमा सिमित भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९० वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ५२ हजार चार सय ८० पटकको कारोबारमा ६० लाख १७ हजार तीन सय ९७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र टे«डिङ उपसमुहको सुचक उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।