पर्सा । आफ्नै हजुरबुवाको हत्या अभियोगमा नाती पक्राउ परेका छन् । ठोरी गाउँपालिका–२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कृष्ण लक्ष्मणको छोरीपट्टीको नाती हुन् । आफ्नै आँगनमा लठ्ठीले कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले लठ्ठी मागेको कारण कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि जंगलमा लुकिछीपी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।