काठमाडौं, जेठ ५
नेपाल बंगलादेश बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको बीमा गरेको छ । बैंकमा काम गर्ने हरेक कर्मचारीहरूको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैंकले जनाएको छ । बैंक र आईएमई जनरल इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको बैंकले जानकारी दिएको छ । सम्झौताअनुसार अब बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोलिमर्स चेन रियाक्सन (पीसीआर) टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपूर्तिबापत उपलब्ध गराउनेछ । हाल बैंकले आफ्ना ९५ वटा शाखा कार्यालयमार्फत नेपालभरि आफ्नो बैकिङ सेवा दिइरहेको छ ।